कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ को परीक्षा जुम्लामै हुने

  जुम्ला : लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ को परीक्षा जुम्लामै हुनेभएको छ । जुम्ला घर भइ विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थी जाँच दिन जान नसकेपछि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो । 

गएको असोज १९ गतेदेखिको वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र हवाई उडानमार्फत जान सम्भव नभएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामै परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयले स्वीकृति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भनेर परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डलाई जिल्लामै केन्द्र निर्धारण गरिदिन आग्रह गरिएको जानकारी दिएका छन। आग्रह अनुरुप परीक्षा नियन्त्रण कार्यालयले जुम्लामै परीक्षा गर्न स्वीकृति दिएको हो । उनका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ती विद्याथीको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले परीक्षा सञ्चालनका लागि अनुमति पत्रसमेत पठाइसकेको  जानकारी दिए । 

Post a Comment

Previous Post Next Post