सुर्खेत : बैङ्कहरूले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू प्रेस नोट जारी गरेका छन् । बैंकले क्रिण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौँ शुल्क लिएर थप आर्थिक भार थप्ने काम गरेको व्यवसायीहरूले बताएका हुन ।
सयुक्त व्यवसायीहरुले पहिलो चरणको आन्दोलन जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानार्कषण पत्र बुझाएका थिए । यस्तै राष्ट बैँक,अर्थ मन्त्रालय तथा मन्त्री परिषदको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हुन् । आश्विन मसान्तभित्र त्रैमासिक ब्याज किस्ता बुझाउनका लागि बैंकहरुले दिइरहेको दबाव रोक्न तथा आन्दोलनलाई थप प्रभावकारी बनाउनको लागि ३० र ३१ गते बैंक बहिष्कार गरी कसैले पनि ब्याज किस्ता नहाल्ने र उक्त दिन बैंकिग कारोबार समेत नगर्ने घोषणा गरेका हुन । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैङ्कहरूले जबरजस्ती रुपमा बनाएको ब्याज दर र ब्याज किस्ताका लागि व्यवसायीहरूलाई मानसिक यातना दिने गरेको बताए । साथै असोज मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ताबापतको रकम नर्तिन सम्पूर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरिएको बताएका छन । अध्यक्ष कडेंलले भने बैंकको चर्को व्याजका कारण आम नागरिकको पैसा सुृरक्षित नहुनको साथै आठ प्रतिशतमा लिएको ब्याज १८/१९ प्रतिशतले बढाएको बताएका छन ।
यस्तै उद्योग बाण्जियसंघका सचिप भद्र भण्डारीले दशैकामुखमा पनि महंगीका कारण ४०/५० प्रतिशले ब्यापारमा घाटाहुनुका साथै जग्गा पनि दिगो हुन नसकेको गनासो गरेका छन् ।

Post a Comment