भोट माग्न उपसभापती खड्का गृह जिल्ला सुर्खेतमा

 सुर्खेत : नेपाली काग्रेसका उपसभापति पुर्णबहादुर खड्का भोट माग्नका लागि गृह जिल्ला सुर्खेतमा आइपुगेका छन् ।आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि जनताको घरदैलो पुग्नका लागि काठ्माण्डौमा रहेका उपसभापती खड्का सोमबार गृह जिल्ला सुर्खेतमा आएका हुन । 

सुर्खेत क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार रहेका उपसभापति खड्काले संविधानमाथि पटक–पटक भएको हस्तक्षेपका बिरूद्ध जनताका हक अधिकारहरूलाई संरक्षणका लागि संघर्ष गर्दै आएका दलहरूको साझा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताए ।

जनताका लोकतान्त्रिक अधिकारहरूलाई स्थापित गर्न र अधिनायकवादी प्रवृतिका बिरूद्ध संघर्ष गर्का लागि विगतका कमी कमजोरीहरूलाई सुधार गर्ने अवसर प्रदान गर्दै पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पुर्याउन समेत मतदाताहरू सँग अपिल गरेकाछन् । 

उनले स्थिरताका पक्षमा सडक देखि सदन सम्म आवाज बुलन्द गर्ने र भ्रष्टाचार मुक्त, सुशासन युक्त देश निर्माणका लागि सत्ता गठबन्धन बनेको बताएका छन्।

सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतलेआयोजना गारेको पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही लगायत साझा वाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकता तथा उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।


Post a Comment

Previous Post Next Post