बागी उम्मेदवारी दिएका चन्दले एक प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धनलाई सहयोग गर्ने घोषणा

सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा बागी उम्मेदवार दिएका देवबहादुर चन्दले गठबन्धनलाई सघाउने भएका छन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका चन्दले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन्।

उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘मंसिर ४ गते निर्वाचनका मैले सुर्खेत क्षेत्र नं. १ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको थिए। लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहँदै आएको र प्रदेशसभा सदस्यका लागि आकांक्षा पनि व्यक्त गरिरहेको अवस्थामा केन्द्रमा भएको पाँच दलीय गठबन्धनका कारण सुर्खेत क्षेत्र नंर १ को प्रदेशसभा (ख) नेपाली कांग्रेसको भागमा नपर्दा मैले उम्मेदवारी दिएको थिएँ।’

उनले अगाडि लेखेका छन्। ‘सबै तहका जिम्मेवार नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको अनुरोधको उच्च सम्मान गर्दै पद भन्दा पार्टी माथि हुने दलीय पद्दतीलाई आत्मसाथ गर्दै आजैका मितिदेखि आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदछु।’

Post a Comment

Previous Post Next Post