रुकुम पश्चिमको सबै क्षेत्रबाट कांग्रेसले लिए उम्मेदवारी फिर्ता

 सुर्खेत : नेपाली कांग्रेसले रुकुम पश्चिमको सबै क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएका छन। प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो।कांग्रेसबाट प्रतिनिधि सभाका लागि मानबहादुर नेपाली र स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रदेश सभा (क )मा कांग्रेसले कृष्णबहादुर रोकायलाई उम्मेदवार बनाएको थियो। उनले पनि गठबन्धनलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएका छन्। यस्तै प्रदेश सभा (क) का स्वतन्त्र उम्मेद्वार भिमदत्त खड्का, प्रदेश सभा (ख) का कांग्रेस उम्मेदवार खडक डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

गठबन्धनको भागवण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (क )माओवादीलाई भाग परेको थियो भने (ख)मा कांग्रेसरमाओवादी दुवैको नाम उल्लेख थियो। यद्यपि माओवादीले तीनवटै आफैँले पाउनुपर्ने अडान कायम राखेपछि कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो।

अब प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादी नेता जनार्दन शर्मा र प्रदेश (क )मा महेन्द्र केसी र (ख )मा माओवादीकै राजकुमार शर्मा उम्मेदवार बनेका छन्।

Post a Comment

Previous Post Next Post