सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (ख) मा स्वातन्त्र उम्मेदवारी दिएका खड्क खत्रीले फिर्ता लिएका छन्। खत्रीले बुधबार गुर्भाकोट नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्।
सोही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा उम्मेवार बनेर निर्वाचन जितेका खत्री कर्णाली प्रदेशको भौक्तिक पूर्वधार तथा सहरी विकास मन्त्री समेत बनेका थिए। उनको नाम टिकटका लागि सिफारिसमा परे पनि सिफारिसमै नपरेका एमाले नेता डण्डीप्रसाद शर्मालाई टिकट दिएपछि खत्रीले बागी उम्मेदवारी दर्ता गराएका थिए।
पार्टी भित्र देखिएको समस्या समाधान भएपछि खत्रीले आफुनो उम्मेदवारी फिर्ता लिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए।
यस्तै, उम्मेदवारी फिर्ता लिएसँगै खत्रीले पार्टी भित्रको कमजोरीलाई सुधार गर्दै आफुनो पार्टीबाट उम्मेदवार बनेका सुर्खेत १ प्रतिनिधि सभामा उम्मेदवार ध्रुवकुमार शाही ,प्रदेशसभा (क) मा ठम्मरबहादुर विष्ट र (ख) मा डण्प्रसाद शर्मालाई विजयी गराउँनेमा अग्रसर हुने प्रतिबद्धता जाहेर गरेका छन्।

Post a Comment