सुर्खेत : अपांगता समन्वय समिती गठन तथा पदाधिकारीहरुलाई अपांगता बिषयक नितीगत ब्याबस्था सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन को सहयोग तथा रास्ट्रीय अपांग महासंघ नेपाल कर्णालि प्रदेशको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
शुभकालिका गाउपालिकाका उपाध्यक्ष धर्मकला शाहीको शभा अध्यक्षता तथा शुभकालिका गाउपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही को उपस्थीतीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अपांगता भएका ब्याक्तीहरुको हकहित का राज्यले नितीगत ब्याबस्था गरेता पनि स्थानिय तहले कार्यन्वयन गर्नको लागी अपांगता समन्वय समितीलाई अभिमुखिकरण गर्ने, अपांगता भएका ब्याक्तीलाई आफ्ना हकअधिकारका लागी स्थानिय सरकार संग पैरवी गर्नकालागी स्थागठन गर्ने उद्येश्यले अभिमुखिकरणको कार्यक्रम आयोजना गरियको थियो । कार्यक्रम मा प्रस्तुतिकरण गर्दै रास्ट्रीय अपांग महासंघ नेपाल कर्णालि प्रदेश कार्यलयका कार्यक्रम ब्याबस्थापक आनन्द बहादुर बिष्टले अपांगता भएका ब्याक्तीहरुको अधिकार सम्बन्धी ऐन २०७४ का बारेमा अपांगता समन्वय समितीलाई अपांगताको बर्गिकरण र गम्भिरताका आधारमा अपांगता भएका ब्याक्तीको परिचयपत्र बितरणलाई थप सहजिकरण गर्नुका साथै उक्त समन्वय समितीको काम कर्तब्य र दायित्व सम्बन्धी अपांगता भएका ब्याक्तीहरुको अधिकार सम्बन्धी ऐन २०७४ ले गरेको नितीगत ब्याबस्थालाई कार्यन्वयन गर्नको लागी प्रशिक्षण गर्नु भएको थियो । साथै उक्त अभिमुखिकरण कार्यक्रममा रास्ट्रीय अपांग महासंघ नेपाल कर्णालि प्रदेश कार्यलयका पुर्नस्थापना ९पि आर ए० परियोजना अधिकृत पार्वती आलेले अपांगता भएका ब्याक्तीहरुका लागी सहायक सामग्री बितरण निर्देशिकको बारेमा जानकारी गराउदै निर्देशिका हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै शुभकालिका गाउपालिकाका उपाध्यक्ष धर्मकला शाही ले अपांगता भएका ब्याक्ती हरुलाई प्रेरणा दिनु का साथै ऐनमा उल्लेख भएका सेवा सुबिधा हरुलाई उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको थियो । यस्तै उपाध्यक्ष शाहीले सबै अपांगता भएका ब्याक्ती हरुको गाउपालिका ले नै निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिसकेको र छिट्टै कार्यन्वयन गर्ने बताएका थिए । शुभकालिका गाउपालिकाको कार्यलयमा आयोजना गरियको कार्यक्रममा किर्डाकनेपाल द्धारासंचालित सहयात्रा परियोजना का संयोजक प्रकास बहादुर शाही , स्थानिय बालकल्याण अधिकारी रन्जीता ओली , रास्ट्रीय अपांग महासंघ नेपाल कर्णालि प्रदेश कार्यलयका बित्त तथा प्रशासन सहायक स्वदेश शाही लगायतको सहभागीता रहको थियो ।
आज भएको अभिमुखिकरणमा नविन आचार्यको संयोजकत्वमा २१ सदस्यिय अपांग एकता केन्द्र शुभकालिका नामक संस्थाको गठन प्रकृयालाई सुभारम्भ गरियको रास्ट्रीय अपांग महासंघ नेपाल कर्णालि प्रदेश कार्यलयका परियोजना अधिकृत दिल कुमारी सापकोटाले जानकारी दिएका छन ।

Post a Comment