अखिल क्रान्तिकारी अध्यक्ष सिंह कर्णाली प्रदेशसभाका लागि उम्मेदवारमा सिफारिस

सुर्खेत : नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष पञ्‍चा सिंह कर्णाली प्रदेशसभाका लागि उम्मेदवार सिफारिस भएकी छन्।

माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई पार्टीले सुर्खेत २ ख बाट सिफारिस गरेको हो। यसक्षेत्रबाट सिंहसँगै बिन्दमान विष्ट र गंगाराम विकको नाम पनि सिफारिस भएको छ।

कर्णालीका २४ प्रदेशसभामध्ये माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेकी सिंह एक्ली महिला हुन्। माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा प्राथमिकता दिने मापदण्ड बनाएको छ।

Post a Comment

Previous Post Next Post