विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

  सल्यान : सल्यानको एक विद्यालयमा विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ। बनगाड कुपिण्डे–४ मा रहेको त्रिभुवन जनता माविका ११ विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको हो।

विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएपछि ९८ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा ११ विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको विद्यालयले जनाएको छ । संक्रमित सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ।


Post a Comment

Previous Post Next Post