सुर्खेत : मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाको सभापतिमा प्रेमबहादुर भण्डारी चयन भएका छन । समाजको २२औं साधारणसभाबाट सभापति प्रेमबहादुर भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सुर्खेतमा सम्पन्न साधारसभाले आगामी २ वर्षका लागि भण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी समिति नव निर्वाचितमा उपसभापति दिपक गौतम, सचिब सम्झना बुढा, कोषाध्यक्ष रण बहादुर खड्का, सह– सचिब दानबहादुर रोकाय,सदस्यहरुमा भिमा राना, दिपा चन्द,रेशम भण्डारी,रमा के.सी,सपना नेपाली,गणेश खत्री रहेका छन ।
सभापति गोबिन्द भण्डारीले मुलुकमा लोकतन्त्र र मानव अधिकारको अवस्था कमजोर भएको अवस्थामा समाज थप क्रियाशील हुने बताउँदै सबैलाई समेटेर अघि बढ्ने बताए । भण्डारी अघिल्लो कार्यकालमा समाजको बरिष्ठ उपाध्यक्ष थिए ।
यसतै कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय यज्ञ बहादुर बुढा क्षेत्री, प्रमुख वक्ता शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, उपसभापति कृष्ण रावल सहित विभिन्न संघ सँस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको हो ।


Post a Comment