लागूऔषधसहित दैलेखमा एक जना पक्राउ

सुर्खेत : दैलेखमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीकाअनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका–१ टुडिखेलबाट नारायण–२ कुसाडाका ३० वर्षीया रोबट सिजापति रहेका छन्।

लागूऔषधसहित घुमफिर गरिरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।

उनलाई सोधपुछ तथा खानतलासी गर्दा ब्राउनसुगर जस्तो देखिने २९० मिलिग्राम बराबरको कालो धुलो पदार्थसहित फेला पारेको थियो।


Post a Comment

Previous Post Next Post