राउटेका काठ्य सामाग्रीहरु काठ्माण्डौँमा किन्न पाइने

सुर्खेत : फिरन्ते जिवन बिताई रहेका राउटेहरुले बनाएका काठ्य सामाग्रीहरु काठ्माण्डौँमा किन्न पाइने भएको छ । कर्णाली प्रदेशको दैलेख जिल्लामा बस्दै आएका राउटेहरुले निमार्ण गरेका काठ्य सामाग्रीहरु अब काठ्माण्डौमा ल्याईएको  हो । उपत्यकामा ल्याईएका सामाग्री असोज ५ र ६ गते प्रदर्शनी सहीत बिक्री गरिने भएको छ । 

५ गते भक्तपुर दरवार रक्वारमा र ६ गते भुकुटीमण्डपमा सामाग्रीका स्टलहरु रानिे बताएको छ ।

राउटेको क्षेत्रमा काम गरिरहेको सामाजिक सेवा केन्द्रले सहजीकरण गरी काठ्य सामाग्री काठ्माण्डौँ सम्म ल्याइएको हो । केन्द्रलाई एइएमआइ लक्जम्वर्गको सहयोग रहेको बताईएको छ । 

काठ्माण्डौ ल्याइइएका सामाग्री केन्द्रले राउटेहरुसंग किनेर ल्याइएको र ती सामाग्री बेचिएका पैसा र।उटेकै क्षेत्रमा लगाईने केन्द्रका रमेश तोयनाले जानकारी दिए । सामाग्री संगै ३ जना राउटेहरु पनि काठ्माण्डौमा आएका छन । 

ै 


Post a Comment

Previous Post Next Post