रुकुम पश्चिममा बालकको शव फेला

रुकुम : रुकुम पश्चिममा एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ। जिल्लाको आठबीसकोट नगरपालिका(५, गोतामकोटको विष्ट गाउँ नजिकै बालकको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबीसकोट नगरपालिका(५, गोतामकोटका टेकबहादुर विष्टका अन्दाजी १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो।

गएराति विजयकी आमा मकै बारीमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय आठबीसकोटबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post