सुर्खेच : सुर्खेत वीरेन्द्रनगरमा असोज १० गते सोमबार गर्ने भनिएको अखिल साँस्कृतिक साँझ कार्यक्रम सरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आइतबार पत्रकार भेटघाट कार्यक्रममा विभिध कारण बस असोज २९ गते शनिबारका लागि कार्यक्रम सरेको अनेरास्ववियु सुर्खेतले जनाएको छ।
नेकपा एमाले निकट अनेरास्ववियुले आर्थिक विपन्नताका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले अखिल कोष स्थापना गर्ने तयारीका साथ घटस्थापनाका दिन गरिने भनेको कार्यक्रम असोज २९ गतेका लागि सरेको हो।
कोष स्थापनाका लागि आर्थिक सहायता जुटाउँन तथा विजया दशमी तथा तिहाको अवसरमा मनोरञ्जन प्रदान गर्न अखिल साँस्कृतिक साँझ–२०७९ आयोजना गर्न लागिएको अनेरास्ववियु सुर्खेतका अध्यक्ष आशिष आचार्यले बताए।
सुर्खेत सभा हल ९सिटी हल०मा हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याति कमाएका कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहनेछ।
यस्तै, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली सह–संयोजक प्रेम खड्काले साँस्कृतिक साँझमा बहुचर्चित लोक गायक बद्री पंगेनी, भूमिका गिरी, राजा राजेन्द्र पोखरेल, बाल गायक किसन सिजापति तथा स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहेने जानकारी दिए।
कार्यक्रम असोज २९ गते दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। साँस्कृतिक साँझ हेर्नका भिआइपि टिकट पाँच सय, एक हजार र दुई हजारको रहेको छ भने सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ।
साथै अनेरास्ववियु सुर्खेतले कार्यक्रमको मुख्य प्रायोजक र प्रायोजक बन्न चाहने संघ–संस्था तथा नीजि क्षेत्रहरुलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

Post a Comment