कर्णालीका जनताको मर्का मैले जति अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा(आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । 

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा काम गरेको बताए । नौ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताए । उनले भने९ सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ । 

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो रु भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ रु, को आउँछ रु अनि को जान्छ रु थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेको हुँ ।  


Post a Comment

Previous Post Next Post