के म बौलाह हुँ ? जवाफ, म बौलाह हैनँ ।

“मलाइ सबैले यसको दिमाग खुस्केको छ भन्छन् ! यो दिमाग खुस्किनु भनेको के हो ?”, मेरो दिमागमा यस्तो प्रश्नले शब्दविहीन बनाउछन ।

अरूले अरूलाई खिज्याउँछन्, म आफुले आफैललाइ खिज्याउँछु ! अलिअलि बुझेजस्तो गर्छु ।

तर आफ्नो मन भित्रका प्रश्नले म कत्ति पिल्सियको हुन्छु। आधा दशक हुन लाग्यो मैले यही प्रश्न सुन्दै आएको छु आफ्नै मन बाट । मुसुक्क मुस्कुराउँदै शब्दविहीन भएर टार्दै आएको छु ।

यो पागल भएको दिमाग लाई के थाहा, कोसँग कस्तो कुरा गर्ने? कसरी बोल्ने? के प्रश्न गर्नुहुन्छ? कस्ता प्रश्न गर्नु हुँदैन? यसलाई सम्झाउने, बुझाउने कसरि?

म टोलाउन थाल्छु । दिमाग अझै पनि पागल जस्तै पागल हु भने। एकाग्रमा हुन्छ । म पागल हु ? कसैलाइ नभनेसम्म त थाहा हुँदैन नि!

म भर्खर पागल हुदै गरेको मानिस । जिन्दगीका बारेमा म लाई थाहा छैन । यो समाजमा भोग्नुपर्ने सास्ती, चुनौतीका बारेमा मलाई थाहा छैन । म पागल भएर मृत्युसँग आत्मसात् नगरुन्जेल समाजले केकस्ता प्रश्नहरू गरिरहन्छ ?

मृत्युपश्चात् पनि समाजले प्रश्न गरिरहन्छ । सुन्नका लागि हामी जीवित रहँदैनौँ ।

मलाइ जिन्दगी भनेको के हो? थाहा छैन । मेरो संसार भनेकै यही घरआँगन हो । यहाँ मैले जे देखिरहेको छु, भोगिरहेको छ त्यही नै जिन्दगी हो ।

अर्को दिन साथिको घरमा  खाना खाइसकेर आफ्नो औषधि खानै लाग्दा एक साथीले पुनः ऊ छेवैमा आएर प्रश्न गऱ्यो ।“साथी यो दिमाग खुस्केको मान्छेले खाने औषधि हो ?”,म झसङ्ग भय । यसको उत्तर के दिनु ?

यो उत्तरको खोजीमा म आफ्नो आतीतमा पुग्य । त्यो अतीत जसलाई बिर्सिनका लागि म हरदम प्रयास गरिरहेछु, लडिरहेछु आफ्ना सोच अनि भावनाहरूसँग ।

विद्यालयबाट घर फर्किँदा मेरा झोलामा कापीकिताबसँगै थुप्रै प्रशंसा बोकेर आउँथ्य । गाउँमा अरू छोराहरूका लागि म उदाहरण थिय ।

मलाइ अझै याद छ । एसएलसीमा डिक्टिक्सन  डिभिजनमा पास भएपछि यो समाजले मलाइ नाम राख्यो भनेर इज्जत साथ माया गरेर काखमै राख्थ्य । जागिर खा भन्थ्य उमेर पुगेको छैन, मलाई अझै धेरै पढ्नु छ केही गर्नु छ भनेर जागिर गर्ने कुरा टारिदिएकोथिय ।र
त्यहि समाज अहिले म लाई देखेपछि तर्केर हिँड्छन ।

मेरा पढाइका निमित्त दिदिले काममै आधा जिन्दगी कटाइ ।
तर भाइ ठुलो मान्छे बनेको हेर्ने “दिदि” को सपना सपना नै रह्यो ।

गाउँमा एसएलसी सकेपछि अन्य कुनै विकल्प थिएन । बाहिर गएर मात्र आफ्ना सपना पुरा हुन्छन भनेर बर्दिया बाट नेपाल्गञ्ज पसेँ । कहिल्यै थाकेन ।म हिँडिरह्य आफ्ना सपनाहरूले देखाएको मार्गमा ।
धेरै टाढा । निस्किय म सपनाको पोको लिएर अन्जान गन्तव्यतिर ।

मेरो मन झनै लोभियो । फिल्म खेल्ने सपना । झन् हिरो बन्ने कस्तो होला?

मेरो मनमा उत्साह थपियो ।

कति सजिलो !

“म ठुलो मान्छे बनेपछि गाउँमा पनि फिल्म बनाउन पहल गर्छु ।” गाउलाइ सुन्दर बनाउछु । नेपालगञ्ज जहाँ मैले आफ्नोपन पाएको छ । मलाइ आफ्नोपन दिन सहयोग गर्यो बास नेपाल अर्थात बागेश्वरी असल शाशन क्लव यहाँबाट मैले जे सिकेको छु। त्यहि चिज म दैलेख अर्थात अहिले म जहाँ छु । 

यहाँका युवाहरूलाइ सिकाउन मन थियो विशेष गरि सिकाय पनि केहि कुरा तर मैले सबै भन्दा पहिला रोजेको काम सडकमा रहेको फोहोर व्यवस्थापन अर्थात फोहोर उठाउने काम सुरूमा यो काम कसैलाइ राम्रो लागेन कतिले त पागलको संज्ञानै दिय तर साथ कसैले दिएन । तर साहस दिने मेरो दिदि जो संग त्यतिखेर राम्रो संग चिनजान नै थिएन गिता के.सी सायद हजुरको साहस मैले नपाएको भए अहिले सम्म म काम नलाग्ने पागल हुन्थ्य होला तर तपाइ को साहसले केहिमा कामलागेको पागल झै भएको छु । खास गरि मेरा हरेक राम्राकामहरूको पछाडी प्राय सबै दिन मेरा दिदिहरूकै हात हुन्छ पढाइमा हरेक समस्या सजिलै हल गरिदिने ठुलो दिदि तपाइले मेरा लागी त्यागेको हजुरको अफ्नै रहरहरूका त म के शब्द दिउ सायद जिवनमा त्यि गुमायका रहरहरूको  ऋण तिर्छु भन्दा मलाइ नै पापको महसुस हुनेछ । मेरा हरेक चुनैति समाधानमा हात अगाडि बढाइ दिने सानी दिदि तिमिहरू दुबैलाइ बोल्ने कुनै शब्द छैन म संग ।

हरेक समय मलाइ साथ दिन दिदिहरू थिय तर सामाजिक काममा म एक्लो भए । साथ कसैले दिएनन सुरूमा तर पागल भनेर सबैले भने

तर त्यो एक्लोपनले कहिल्यै म विचलित भएन । आफूलाई सम्हाल्दै लगे एक अपरिचित ठाउँमा परिचित गन्तव्यतिर ।
पढाइमा सधैँ प्रथम हुने मान्छे यहाँ सामाजिक काम लाइ त्यही स्थानलाई कायम राख्नु एक ठुलो चुनौती थियो । आफ्नो एक पहिचान बनाउने कसरत गर्दा गर्दै म कतै हराउँदै थिय । पढ्दापढ्दै म आफूलाई बिर्सन्थ्य तर आफ्ना सपनाहरू कहिल्यै बिर्सिएन ।

समाजका विध्यमान समस्याहरू पढ्दापढ्दै राति अबेर हुन्थ्यो, मैले पत्तै पाउँदैन थिय ।

सामाजिक काम नगरेको दिन मलाई के पुगे नपुगेजस्तो आभास हुन्थ्यो । त्यहि समाजका हरेक समस्या खोज्दा खोज्दै त्यहि समाजको पागल भए म
जति अब्बल म पढाइमा थिय त्यति नै समाजका तिता यथार्थहरूबाट अपरिचित हुँदै गय ।

“कति समाज सेवा गर्छस कहिले कतै ज्यानको ख्याल राख? कहिलेकाहीँ त आराम पनि गर्नुपर्छ ।”

आमा को कुरा सुनेपछि मैले भन्थ्य, “रुखको काम कार्वनडाइअक्साइड लिएर अक्सिजन हामीलाई दिने हो, ऊ त सधैँ आफ्नो कार्य गरिरहन्छ । कहिल्यै थाके भन्दैन, एकदिन रुख थाकेँ भनेर आराम गऱ्यो भने हामीलाई अक्सिजन कसले दिन्छ ? सूर्यले एक दिन आराम गरेर हामीलाई प्रकाश नदिए पनि त हुन्छ नि ! कुनै दिन नदी बग्न छोडेर स्थिर भए हुने ! किन हुँदैन ? समाजिक सेवा मेरो कर्म र धर्म दुवै क्षेत्रभित्र पर्ने कुरा हो । खान छोडिदिन्छु तर म आफ्नो धर्मकर्म गरिरहन्छु । भनेर हिडेको म सबैले पागलको संज्ञा दिदै पागल नै भन्न थाले

समाजिक काम नगरू मेरो मनले नमान्ने परिस्थिति भइसक्यो । नभए मेरो रोग अन्य ठाउँमा पनि कारण बनिसकेको छ । बोल्नका लागि म सँग शब्द नै छैनन् ।जो कोहिले पागल भन्छन सुन्छु उदास भाव लिएर त्यहाँबाट निस्किन्छु ।

समाजको अगाडि प्रश्न तेर्स्याउने आधारहरू थुप्रै छन् म सँग । म चाहँदैन, मेरा प्रश्नहरूले समाज विचलित होस् । थुप्रै प्रश्नहरू पहिल्यै तेर्स्याएको थिय मैले । जवाफ पाएन । पाय त केवल पागलपनको उपनाम मात्र ।

पढाइको प्रेसर र चिन्ताले म डिप्रेसनको सिकार बन्दै गएको थिय । त्यो समयमा उपयुक्त उपचार सम्भव थिएन ।
पढाइ बिचमै छोडेर समाज सेवा गर्ने उद्देश्यले दैलेख फर्किय। गाउँमा अन्धविश्वासको पर्खाल थियो । म त्यो पर्खाल भत्काउन असमर्थ भय ।
मेरो रोगको नाममा निर्दोष जनावरहरू आफ्नो बलि चढाउन बाध्य भए ।

मेरो भित्री रोग कसले बुझोस् ? रोग पनि थिएन सायद ! सामान्य समस्या हुँदो हो ।

एक दिन अन्जु दिदि संग एक अस्पतालमा पुगे, दिदि त्यहि अस्पतालमा कार्यरत हे.अ जो मेरो आमाले जन्माएको सन्तान हैनन तर उत्तिकै प्यारो र मलाइ माया गर्ने मध्य एक दिदि हुन । उहाँले भित्रि कोठामा डक्टर सँग कुरा गरिरहेको सुने, “केटो लाइ HMPDO एक मानसिक रोग को संक्रमण भयो, करिव ३ बर्ष दिनको एक पटक राति सुत्दा औषधि सेवन गर्नु पर्छ ।”

त्यस दिनदेखि मेरो मनमा एउटा प्रश्न उब्जियो । के म बौलाह हुँ ? जवाफ, म बौलाह हैनँ ।

तर मैले कसलाई सुनाउने ? आखिर सुन्न तयार को छ ?

बिस्तारै यो कुरा पूरै गाउँमा फैलियो । मैले समाजलाई नियाल्न मात्र सके । फलस्वरूप मेरो नामभन्दा पहिला उपनाम आयो “बौलाहा” ।

हिजो कहाँ थिएँ ? आज कहाँ छु ?

सपनाहरू त उति बेला नै बगाएर आएको हुँ, नेपालगञ्जमा। बगाउन छोडेका सपनाहरू दफन हुँदै छन् आफ्नै दैलेखमा।

सधैँझैँ औषधिको सहारा लिएर म बिस्तरामा पल्टिछु ।
भुसुक्क निदाछु । औषधिको सहारा नलिएर निदाउन पनि मुस्किल पर्छ मलाइ

सायद म पागल हु ! मलाई थाहा छ, समाजले मलाई स्विकार्न डराइरहेको छ । तर पनि म समाजलाई प्रेम गर्छु ।

मेरा कोही आफ्ना हुन सकेनन् । भविष्यमा सायद सन्तान पनि आफ्ना नहोलान् । तर पनि मैले सबैलाई आफ्नो सम्झिन्छु ।

मलाई डर छ । कहीँ आफ्नै बा/आमाले मलाइ पागल प्रमाणित गर्लान त पागल हो? म आफूलाई पागल मान्दैन । पागल त यो समाज हो । जसले म जस्तै कैयौँलाई पागल हुन बाध्य बनाउँछ ।

पागललाई कसैले आफ्नो मान्दैनन् तर पागलले सबैलाई आफ्नै हुन भन्ने ठान्छ । आफ्नो मस्तिष्क आफूसँगै रहँदा सबैतिर प्रेमको बिउ छर्छु । सम्भावनाका बाटाहरू देखाउँछु । समाजका पाटाहरूको समीक्षा गर्छु । तर मस्तिष्क म सँग नहुँदा, म पुनः उहीँ अवस्थामा फर्किन्छु अनि समाजले मलाई भन्छ- “पागल” ।

“म पागल हैन !”, म जति चिच्याउँदै हिडेपनि मेरो आवाज कसैले सुनेन मेरो आवाज यतै कतै हरायो, जसरी हराउँछ फोहोरको थुप्रो अगाडि उभिएर सगरमाथा ।

आखिर को हो ? जसले सपनीमा आएर मलाई यी सबै कुरा सुनाएर गयो । पक्कै पनि यो मेरो कुनै क्षण हुन सक्छ, जसलाई मैले महसुस गर्न सकेको थिएन । कुनै दिन ।




अन्तिममा बैनि तेरो बारेमा यसमा केहि लेखेको छैन किनकि त मेरा लागी अझै खास छस । तेरो बारेमा छुट्टै लेखाैला कुनै दिन कुनै शब्द भेटिएमा । पुजनिय बा/आमा र दाजु  हजुरहरूको बारेमा यस अनलाइनमा अटाउने भन्दा धेरै शब्द लेख्नु पर्ने भएकाले छिट्टै एक कृति मा ल्याउने छु  ।  आसा छ आफैले पढ्नुहुने छ ।

Post a Comment

Previous Post Next Post