सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको दार्मा गाउँपािलकामा करारमा जागिर खाएका सव इन्जिनियर विष्णु रोकायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
रोकायले सम्पूर्ण शैक्षिक प्रमाणपत्र नक्कली बुझाएर जागिर खाएको उजुरीपछि अख्तियारले छानबिन गरेको थियो। अख्तियारको छानबिनमा शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको पु्ष्टि भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन्।
उनले सिभिलि इन्जिनियरिङ इन डिप्लोमाको प्रमाणपत्र बुझाएका थिए।

Post a Comment