वीरेन्द्रनगरमा अबैध खनिज पदार्थ सहित एक जना पक्राउ

सुर्खेत : सुर्खेत वीरेन्द्रनगरमा अबैध काईनेटिक ढुङ्गा जस्तो देखिने बस्तु सहित प्रहरिले एक जनालाई पक्राउ गरेको छ।

वीरेन्द्रनगरमा नगरपालिका वडा नं.११ समाबेशी टोलमा अबैध काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको भन्ने सुचनाको आधारमा आज समावेशी टोल बस्ने ३२ बर्षिया दिपक बहादुर बस्नेतको घरको खानतलासी गर्दा घरको कोठा भित्र प्लाष्टिकको थैलोहरुमा लुकाई छिपाई राखेको कालो सेतो रंगको अबैध उत्खनन् गरी ल्याएको खनिज पदार्थ काईनेटिक ढुङ्गा जस्तो देखिने वस्तु बरामद गरि थप अनुसन्धानका लागि खानी तथा भुगर्भ कार्यालय सुर्खेतमा पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

उनका अनुसार उक्त ढुङ्गा नापतौल गर्दा १६ क्विन्टल ९१ किलो ७०० ग्राम भएको साथै उक्त खनिज पदार्थ सङ्गै वर्ष ३२ का दिपक बहादुर बस्नेतलाई पक्राउ गरी प्रवक्ता कार्किले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post