सुर्खेत : नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही साउन ६ र ७ गते हेटौँडामा भएको थियो ।
उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दु र संस्थापनबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए । जसमा बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा विजयी भएका हुन् ।
अन्य पदाधिकारीमा संस्थापनइतर पक्षले नै अग्रता लिइरहेको छ । उपाध्यक्षमा नकुल अर्याल, महासचिवमा दिलिप पौडेल निर्वाचित भए । प्रेस युनियनको कोषाध्यक्षमा शिलापत्रकर्मी माधव धिताल विजयी भएका छन् ।

Post a Comment