मंकीपक्सका बिरामी बढेपछि विश्वव्यापी संकटकाल घोषणा

एजेन्सी : विश्व  स्वास्थ्य संगठन डब्लुएचओले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।​ मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो। डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा.टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन्। 

डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ।संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी डब्लुएचओले जनाएको छ।

Post a Comment

Previous Post Next Post