सुर्खेत : कालीकोट सदरमुकाम मान्ममा घर भत्किदा ५ जना घाइते भएका छन् । साँझ करिव साढे ५ बजे जिल्लाको खाँडाचक्र नगरपालिका १ का लक्ष्मी पाण्डेको घर भत्किएको हो ।
घर भत्किएर च्यापएिका ५ जनाको शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा जिवितै उद्दार गरिएको छ । घाइतेहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जानकारी दिए । घर भत्किनुको कारण नखुलेको प्रजिअ शर्माको भनाई छ ।
Post a Comment