शुभकालिका गाँउपालिकाले हटायो करारमा रहेका कर्मचारी

कालिकोट : शुभकालिका गाँउपालिकामा गाउँपालिका अन्तर्गत काम गरिरहेका करार कर्मचारीहरु हटाएको भएको छ । 

असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष  २०७९/0४/0१ देखि करार कर्मचारीको अवधि नथप्ने  गाउँपालिकाले  निर्णय गरेको हो । 


गाउँपालिकाले करारमा कार्यरत रहेका कर्मचारीहरुको साउन एक गतेदखि करार सम्झैता नविकरण थप नहुने सुचना जारी गरेको छ । शुभकालिका गाँउपालिकाको अर्को निर्णय नभएसम्मका लागि वडा कार्यलय, अस्पताल तथा विद्यालयमा हाजीर भए कामकाज नगर्न सुचित गराएको छ । गाँउपालिकाको नियमबमोजिम निणर्य बाहेक हाजीर भएमा तलब सुविधा सम्बोधनमा स्वयम जिम्वारी हुने शुभकालिका गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीले जानकारी दिएका छन । 



Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali