सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या देखिएको छ । रगतमा बोसोमा मात्रा अत्याधिक देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
अत्याधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाईजहाजमार्फत काठमाडौं लगिएको हो ।
मन्त्री विष्टको उपचारमा संलग्न डाक्टर उज्वल अर्यालकाअनुसार रगतमा बोसोको मात्रा अत्याधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौं पठाइएको बताए । उनले भने, ‘पेट दुखेर अस्पताल आउनु भएको थियो, बेलुका आईसियूमा भर्ना गर्यौं, स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि सोमबार काठमाडौं रेफर गरेका हौं ।’
Post a Comment