सुर्खेत : कर्णालीका जिल्लामा हुने माहामारी तथा बिपद् व्यवस्थापनका लागि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्ला आरआर टिम बनाएको छ । मौसम सक्रिए भएसँगै जनस्वास्थ्य सेवाले जिल्लामा हुने माहामारी तथा बिपद् व्यवस्थापनका लागि जिल्ला आरआर टिम बनाएको हो ।
सोमबार पत्रकारसँग अन्तरक्रिया कार्याक्रम गर्दै जनस्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको हो । जसको संयोजकमा कार्यालयका प्रमुख गणेशभक्त्त गौतम गरेका छन् । उक्त समूहमा संयोजक गौतमसहित सदस्यहरुमा १२ जना र जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सदस्य रहेका छन् ।
सदस्यहरुमा अमरबहादुर राना, दयाराम पंगाली, संगिताकुमारी खड्का, घनबहादुर बुढा, उपेन्द्रबहादुर रेगामी, मेहेलकुना अस्पतालका डाक्टर सोजन सापकोटा, प्रथाकि स्वास्थ्य सेवा सालकोटका डाक्टर माधव पन्थी रहेका छन् ।
यस्तै, चिङ्गाड गाउँपालिकाका डाक्टर डाक्टर लक्ष्मण जिसी, नगर अस्पताल वीरेन्द्रनगरका डाक्टर अम्बु थापा र सदस्यहरुमा सुर्खेतका नौं वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरु रहेका छन् ।
सदस्य सचिवमा उदयबहादुर विसी र जनस्वास्थ्य सेवाले आमन्त्रित सदस्यमा डाक्टर बिद्वता भट्टराई र हेमन्त शाही रहेका छन् ।
यस्तै, जनस्वास्थ्य सेवा कार्यालयले सम्भावित बिपद् तथा माहामारी रोकथाम तथा नियन्त्रणको लागि पूर्व तयारी थालेको हो । जसमा आरआर टिमसँगै आपतकालीन औषधी स्टक पाईलिंग, जिल्ला तथा पालिकास्तरको चिकित्सकसहितको टिमलाई तयारीमा राखेको जनाएको छ ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश अस्तालका साथै स्थानीय पालिकास्तरसँग समेत आवस्यक समन्वय गरेको गरेको कार्यादयका सुचना अधिकारी अम्मरबहादुर रानाले जानकारी दिए ।
जनस्वास्थ्य सेवा कार्यालयले महामारी रोग तथा कोभिड–१९, बाढीपहिरो, आगलागी, नसर्नेरोग र भूकम्पको उच्च जोखिकमा सुर्खेतका चार वटा स्थानीय तह रहेको जनाएको छ । उच्च जोखिममा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र गुर्भाकोट नगरपालिका रहेका छन् ।
यस्तै, मध्यम जोखिममा पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र कम जोखिममा लेकबेशी नगरपालिका, चिङ्गाड र सिम्ता गाउँपालिका रहेका जनस्वास्थ्य कार्यालय जनाएको छ ।
Post a Comment