बिरामीहरूको भरोसा प्रदेश आयुर्वेद औषधालय

 सुर्खेत : प्रदेश आयुर्वेद औषधालय बिरामीको भरोसा बन्दै गएको छ । प्रदेश आयुर्वेद औषधालय ४४ प्रकारका औषधी निःशुल्क पाइनुको साथै बिरामीमा पनि भरोसा बढ्दै गएको हो । बिरामीहरूको भरोसा आयुर्वेद औषधालयमा बढ्दै गएपछि सेवाहरु पनि थप गरेको छ । विगत तीन वर्षको तथ्यङ्गक हेर्दा उपचार गर्द आउँने बिरामीको संख्या बढेको छ । सोमबार प्रदेश आयुर्वेद औषधालयले आर्थिक वर्ष २०७८र०७९ को प्रगति तथा आयुर्वेदिक सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै आयुर्वेदिक उपचार गर्ने आएका बिरामीहरूको तथ्याङ्गक समेत सार्वजनिक गरेको छ ।


उक्त विगत तीन वर्षको तथ्याङ्गकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा २८ हजार तीन सय ५५, आर्थिक वर्ष २०७७/०७८ मा ३० हजार चार सय ३६ र आर्थिक वर्ष २०७८/०७९ मा ४० हजार ८५ जनाले सेवा लिएका छन् ।

कार्यालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गत वर्ष भन्दा करिब १० हजार धेरै सेवाग्रहीहरूले सेवा लिएको बताए । डाक्टर रिजालका अनुसार आर्थिक वर्ष ०७८र७९ मा साधारण उपचार २२ हजार सात सय ४९ जना, पञ्चकर्म ६ हजार पाँच सय पाँच, स्तनपायी दुई सय ५०, जेष्ठनागरिक सात हजार चार १२, निःशुल्क स्वास्थ्य शिविर एक हजार पाँच सय १८, गाउँघर किल्निक एक हजार ६ सय एक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरेर जम्मा ४० हजार ८५ जनाले सेवा लिएका हुन् ।

४४ प्रकारका औषधी निःशुल्क

यस्तै, प्रदेश आयुर्वेद औषधायलले ४४ प्रकारका औषधी निःशुल्क वितरण गर्दै आएको छ । ओ पी डि सेवा, प्रयोगशाला सेवा, क्षारसुत्र सेवा, पूर्वकर्म÷पंचकर्म सेवा बिहानी तथा दिवा सेवा, जेष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रर्वदन कार्यक्रम, स्तनपायी आमाका लागि निःशुल्क स्तन्यवर्धक औषधी वितरण सेवा दिँदै आएको छ ।

स्वास्थ्य जीवन÷जीवनशैली व्यवस्थापन दैनकि योग ध्यान, जनचेतनमूलक कार्यक्रम तथा आयुर्वेद, जडीबुटी सम्बन्धि जनचेतना मूलक कार्यक्रम, निःशूल्क आयुर्वेद स्वास्थ्य शिवीर, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, सःशुल्क फार्मेसी सेवा सञ्चालनमा रहेका औषधालयका प्रमुख डाक्टर रिजालले बताए । औषधालयले अबको आर्थिक वर्षमा फिजियो थेरापि सेवा र अकुपंचर सेवा विस्तार गर्ने योजना समेत बनाएको छ ।







Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali