सुर्खेत चौकुनेले करार कर्मचारी हटायो

 सुर्खेत : सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाले करार कर्मचारी हटाएको छ । असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो ।

जसमध्ये वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना करार कर्मचारीलाई हटाएको हो ।  पालिकाले करार कर्मचारीहरुको लिस्ट बनाएर नै सार्वजनिक गरेको छ ।

पालिका अन्तर्गत ७ वटा त कार्यालय सहयोगी मात्रै छन् भने एक जना प्रेस सहयोगी, जेसिबी, टिप्पर, एक्साभेटर देखि पशु प्राविधिकहरुको रहेका छन् ।

वडा कार्यालय अन्तर्गत १० जना सामाजिक परिचालक र सहायक कर्मचारीहरु रहेका छन् । गाउँपालिका उनीहरुलाई आफुले पालिकाबाट प्रयोग गर्दै आएको नगद तथा जिन्सी समाग्रीहरु समेत कार्यलयमा बुझाउन अनुरोध गरेको छ ।




Post a Comment

Previous Post Next Post