लागुऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ

सुर्खेत : सुर्खेत वीरेन्द्रनगरबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ लाटीकोइलीमा भाडामा बस्दै आएका कालिकोटको महावैका २४ बर्षीया दीपेन्द्र सिंह रहेका छन् । 



वीरेन्द्रनगर–१० को  नयाँगाउँ टोलमा संकास्पद रुपमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीका अनुसार उनलाई सोधपुछ गरेर खानतलासी गर्दा ५२० मिलिग्राम लागु औषध फेला परेको हो । 


उनलाई नियन्त्रणका लिएर अहिले थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

Post a Comment

Previous Post Next Post