कलिलैमा विवाह : पढाई लेखाई तहसनहस, परिवारबाट अपहेलना

सुर्खेत : वीरेन्द्रनगर ५ कल्पना (नाम परिवर्नन)को कक्षा ६ मा पढ्दै दौतरीसँग प्रेम बस्यो । ८ कक्षाको वार्षिक परीक्षा सकिएकै दिन प्रेमी उमेश (नाम परिवर्नन)सँग विवाह बन्धनमा बाँधिइन् । विवाह गरेपछि भने कल्पनाको पढाइमा ब्रेक लाग्यो । कलिलै उमेरमा विवाह गरेका कारण पढाई लेखाई तहसनहस भयो । प्रेमलाई बलियो बनाउन पढाइ समेत त्यागे पनि परिवारसँगको सम्बन्ध समधुर हुन सकेन ।

विवाह गरेपछि घरमा राम्रोसंग बस्न सम्म पाइन् विवाह गरेको ५÷६ दिनमै घरबाट सासुससुराले नानाथरी गालि गरि निकालिदिनु भयो । त्यसपछि माइतीमा बस्न थालेको उनले बताइन । माइतीमा आफुसंगै श्रीमान पनि संगै बस्न थाले । सानै उमेरमा आमा बन्नु प¥यो साथमा कोही पनि छैन बुढी आमाका भरोसामा जीवन जीउदैछु घरमा कमाउने कोही पनि छैन आमाको भत्ताको साहारामा आफु पनि बाचिरहेको छु । अहिले ओसियामसीको र आवाज संस्थाको सहयोगमा घरमै सानो खुद्रा पसल र चटपटे बनाएर गुजरा गर्न थालेको उनले सुनाइन । 

उनले भनिन् शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्याले अहिले सताईरहेको रहेको छ । अहिले श्रीमान संग पनि राम्रो सम्बन्ध छैन । सानै उमेरमा विवाह गर्दा आफुले भोग्नुपरेको समस्या देख्दा बल्ल थाहा पाए सरकारले विवाहका लागि उमेरको हदबन्दी किन तोकिएको रहेछ भन्नेबारे । 

समाजमा कानूनी ब्यवस्थालाई चुनौती दिदै बालबिवाह हुने क्रम रोकिएको छैन । कानूनले बालबिवाहलाई निषेध गरेतापनि समाजमा कानूनलाई छल्दै बालबिवाहहरु दिनहु हुने गरेका छ । गलत परम्परागत मूल्य, मान्यता इज्जतका कारण वालविवाह बिरुद्ध सबैले खुलेर बोल्न सकेको पाईदैन । बालबिवाह भै हाले पनि बाल उजुरीहरू कमै दर्ता हुने गर्दछन् । 

आ.व.२०८०/०८१ मा बालविवाह सम्बन्धी जम्मा ४८ उजुरी परेको छ । त्यस मध्ये ४६ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ । बालविवाह सम्बन्धी जम्मा २ जना विरुद्ध मुद्दा चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । खराब राजनीतिक अबस्थाका कारण बालविवाह बिरुद्धका अभियानहरु प्रभावकारी हुन सकेका छैनन ।

बालबिवाह वर्तमान परिवेशलाई नियाल्दा धर्मको नाममा अन्धविश्वास, अशिक्षा र गरिबी प्रमुख कारक तत्व देखिन्छ । बालविवाह बिभिन्न कारणले हुने गरेको पाईन्छ । यस्तै दैलेखका हेमन्त विष्टले पनि कलिलो उमेरमा विवाह गरेका कारण पढाई छोडेर अहिले उनी भारतको गुजरातमा परिवारका लागि काम गर्न कलिलो उमेरमा परिवार पाल्नका लागि खाडीमा पैसा कमाउन भारत पुगेका छन । 

उनी मात्र होइन दैलेखकी कविता खड्काका नौ कक्षा पढे पछि माथिल्लो कक्षा सम्म पढ्न पाइनन् । उनले भनिन पढ्ने रहर गरेर मात्र पनि नहुदो रहेनछ घरको काम र आर्थिक नहुदा बिचैमा पढाइलाई छोड्नुपर्दाे रहेछ । बालबिवाह गरियो दैलेख,सुर्खेत हुदै रोजगारीकालागि भातरको चण्डिगढ पुगेको उनले सुनाइन । रोजिरोटीको खोजीमा भारत गए अहिल्य थप जिम्मेवारी थपिदा आफ्नो खुसी र शिक्षा कँहा पुग्छ थाँहा सम्म नहुदो रहेछ उनले भनिन् । उनले भनिन् विद्यालय उमेर पुगेका यी दुई छोरा पनि भारतमै लिएर आएको छु । शिक्षाका लागि छोराहरुको उमेर पुगिसकेको छ । तर छोराहरु शिक्षाको उज्यालोबाट बञ्चित भएका छन । दुई छाकको गुजारा गर्न परदेशिनु पर्दा छोराहरु शिक्षाको उज्यालोबाट बन्चित हुँदा कविता चिन्तित छन् । ‘घरमा बसौं भने बिहान बेलुकी हातमुख जोड्न धौधौ हुने, त्यसैले मजदुरी गर्न भारत आउनु प¥यो,’ उनले भनिन््, ‘ आफ्नो भन्दा छोराहरुको पढाइ छुटेको छ, उनीहरुको भविष्यको चिन्ता लाग्छ ।’

बालबिवाहका कारण कतिपय महिला र बालिका घरेलु हिंसा र बेचबिखनको सिकार भएका छन् । जनचेतनाको अभाव, गरिबी, अशिक्षा र नीतिहरुको सही ढङ्गले पालना नगर्नु र कार्यान्वयन नगर्नुको गल्ती हो । 

 विश्वको तथ्याङ्क अनुसार नेपाल सबैभन्दा बढि बालबिवाह गर्ने राष्ट्रहरुमध्ये तेस्रो स्थानमा पर्दछ । पहाडी भेगमा अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको विवाह कमै उमेरमा गर्ने गरेको पाइन्छ । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास तथा दाईजो, छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि हुने गरेको पाईएको छ । गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा पनि बालबिवाह हुने गरेको पाईएको छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ तर पनि बालबिवाह दिनप्रति दिन भई नै रहेको छ । 

शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ । शिक्षित समुदायमा भन्दा चेतनास्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका गाउँ,सहरका समुदायमा बढी बालबिवाह हुने गरेको पाइन्छ । नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर पनि बढी छ । 

 कर्णाली प्रदेश प्रहरीको तथ्यांक अनुसार :

स्रोत :प्रदेश प्रहरी  

कर्णालीका ७ प्रतिशत बालबालिका विद्यालय बाहिर

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७ दसमलब १ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन् । मन्त्रालयको अनुसार डोल्पा र जुम्लामा सबैभन्दा बढी १३.६ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । सुर्खेतमा सबैभन्दा कम ६.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । यसैगरि हुम्लामा ११.६ प्रतिशत, मुगुमा ९.३ प्रतिशत, दैलेखमा ६.९ प्रतिशत, सल्यानमा ६.८ प्रतिशत, जाजरकोटमा ६.७ प्रतिशत, कालिकोट र रुकुमपश्चिममा ६.२ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन् । 

राष्ट्रिय बाल अधिकार परिषदका समन्वय अधिकृत डम्बरबहादुर रोकायले कर्णालीमा भौगोलिक विकट हुन र रोजगारीको अवसर नहुनाले आफ्नो थाँतथलो छाडेर अन्यत्र  जानेको संख्या बढ्दै गएकाले विद्यार्थीहरुले विद्यालय छोड्नेको संख्या बढ्दै गएको बताए ।  स्थानियस्तरका विद्यालयमा विद्यार्थीको संख्या खस्किदो अवस्थामा रहेको उनले बताए ।  उनले भने सामाजिक सञ्जालको दुरुपयोग गर्दा विद्यार्थीहरु पढ्नको साटो बालबिवाह गर्न थालेकाले बताए । पढ्ने उमेरका बालबालिका सानै उमेरमा विवाह गर्नाले शिक्षा क्षेत्रमा प्रभाव पर्न थालेको छ ।   जसका कारण स्थानीय स्तरका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुने गरेको छ । 

गाउँमा रहेको स्थानियस्तरको विद्यालयमा विद्यार्थीको संख्या एकदमै कम भएको छ । वीरेन्द्रनगर १ मा रहेको दिपमाला प्राविमा चालु आर्थिक वर्षमा शैक्षिक सत्रमा झण्डै १ सय ४३ जनाको हाराहारीमा विद्यार्थी भर्ना भएको विद्यालयका प्रधानाध्यापक मन्जु सुनारले जानकारी दिइन् । उनले भनिन् विद्यार्थीहरु भर्ना हुँदाको संख्या र अन्तिम सम्म परिक्षा दिनेको संख्या जहिल्य पनि २५ देखि ३० जना कम हुने गर्छ । कर्णालीका अधिकांश मानिसहरुको आम्दानीको मुख्य स्रोत नै कालापहाडको मजदुरी भएकाले विद्यार्थी पनि कालापाहाड तिर जाने भएकाले उनीको पढाइ छुट्ने गरेको विद्यालयले जनाएको छ । 

सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथ्यांक तथा अनुसन्धान शाखाका अधिकृत बलवीर सुनारले विद्यार्थीले विद्यालय छोड्नुको मुख्य कारण बसाइसराई,चेतनास्तरको कमि, बालबिवाह, अभिभावकलाई शिक्षाको कमि, अभिभाभवक बिहिन,सडक बालबालिका दिर्घ रोगीले गर्दा बालबालिकामा विद्यालय छोड्ने तथा बालबिवाह गर्ने गरेको पाइन्छ । आमाबाबाको साथमा नहुने बालबालिका नै  विद्यालय छोड्ने गरेको उनले बताए । 





Post a Comment

Previous Post Next Post