मानव अधिकार तथा शान्ति समाज सुर्खेतको सभापतिमा सेतुराम पाण्डे

सुर्खेत : मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाको २६औँ साधारणसभाबाट सेतुराम पाण्डेको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

साधारणसभाले पाण्डेको नेतृत्वमा पाँच सदस्यीय पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको उपसभापतिमा दानबहादुर रोकाय, सचिवमा रेशमबहादुर भण्डारी, उपसचिवमा महेन्द्रकुमार थापा र कोषाध्यक्षमा प्रेमबहादुर बिश्वकर्मा निर्वाचित भएका छन्।

 

त्यस्तै, कार्यसमिति सदस्यमा लक्ष्मीप्रसाद थानी, टंकप्रसाद रिजाल, ज्योति पौडेल, प्रमिला नेपाली, कृष्णाकुमारी शाही र कुमारी विन्द्रा बडुवाल निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले चार जना आजीवन सदस्यलाई कार्यसमिति सदस्यमा मनोनितसमेत गरेको छ। मनोनित हुनेमा बसन्ताकुमारी कार्की, लक्ष्मी गौतम, उमेश खड्का र सरोज हमाल रहेका छन्।

साधारणसभाले मानव अधिकार, शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा नागरिक अधिकारका सवालमा संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

Post a Comment

Previous Post Next Post