मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह : १९ सय २८ विद्यार्थी दीक्षित हुँदै

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय ९एमयू० को चौथो दीक्षान्त समारोह बुधबार ३ असार हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी विश्वविद्यालयको चौथो दीक्षान्त समारोह, १८ औँ विश्वविद्यालय सभा र १६ औँ वार्षिकोत्सव एकै दिन आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचार–प्रसार उपसमितिका संयोजक डाक्टर विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका १९ सय २८ जना विद्यार्थी दीक्षित हुन लागेको बताए ।

उनका अनुसार कुल विद्यार्थीमध्ये चार सय ५५ विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् । ग्राजुएट स्कुल अन्तर्गत विभिन्न तहको शैक्षिकोपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्नेगरी तय भएको  समारोहको अध्यक्षता शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन् । 

उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने खड्काले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post