सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको प्रथम जिल्ला अधिवेशन शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ। वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ।
अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको छ। संगठन सुदृढीकरण, आगामी कार्यदिशा तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने मुख्य उद्देश्यसहित अधिवेशन आयोजना गरिएको रास्वपाले जनाएको छ।
प्राप्त जानकारीअनुसार जिल्ला सभापति पदका लागि हरी अधिकारी, गोविन्दप्रसाद शर्मा, लक्ष्मीनारायण बस्नेत, टेकबहादुर सिंह र हिरालाल बादी आकांक्षीका रूपमा चर्चामा रहेका छन्। सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि आवश्यक परे निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिने बताइएको छ।
अधिवेशनबाट सभापतिसहित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गरिनेछ। रास्वपाले सुर्खेतमा संगठन विस्तारलाई तीव्र बनाइरहेका बेला हुन लागेको यो अधिवेशनलाई पार्टीको जिल्लास्तरीय संगठन निर्माणका लागि महत्वपूर्ण मानिएको छ।

Post a Comment