सुर्खेत : वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीका महिला टी २० राष्टिय क्रिकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा कोशीका टीका शाह र प्रिन्सा राना मगरको अर्धशतकीय पारी मधेशकी सना परविनको छाँयामा परेको छ ।
प्रतियोगिताको आपm्नो पहिलो खेल खेल्न कालुंगचोक मैदानमा उत्रिएको मधेशको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसंगै टीका र प्रिन्साको अर्धशतक ओझेलमा पर्नगयो ।
१६ ओभरको तेश्रो बलमा खेल जित्न जम्मा २ रन चाहिएको अवस्थामा व्यक्तिगत ४८ रनमा खेलिरहेकी सनाले सातौ चौका प्रहार गर्दै फिनिसरका रुपमा अर्धशतकीय पारीसंगै खेल समापन गरिन ।
उमेर समूहको राष्टिय टोलीबाट खेल्दा अनुभव अनुसार नै खेल्दै सनाले नटआउट १०६ को स्टइक रेटमा ४९ बलमा ५२ रनको उत्कृष्ट पारी खेलेपछि क्रिजलाई ढोगेर सम्मान व्यक्त गरिन् ।
अर्को छेउबाट उत्तिकै जिम्मेवारी र संयमतताका साथ सनासंग साझेदारी गरेकी साक्षी यादवले ४६ रनको व्यक्तिगत स्कोरमा खेल्दै गर्दा सिंगल रन लिएर स्टइक रोटेट गरेर सनाका लागि अर्धशतकीय पारी खेल्ने मौका जुराइन् ।
एलिशा यादव ७ र शिवानी साह शून्यमै पवेलिएन फर्किएपछि ओपनर सनासंग साझेदारी गर्न क्रिजमा उत्रिएका साक्षीले १ सय १५ को स्टइक रेटमा ८ चौकासहित ४० बलमा ४६ रनको योगदान दिइन ।
मधेश ढलेका दुबै विकेट शुभेक्षा लिम्बूका नाममा लेखिए ।
त्यसअघि कालुंगचोक मैदानमा टस जितेर पहिला ब्याटिंग गर्दै ९ रन अतिरिक्त पाएको कोशीले निर्धारित २० ओभर पूरा खेल्दै जम्मा ३ विकेट गुमाएर १ सय २२ रनको योगफल खडा गर्यो ।
ओपनिंग जोडीका रुपमा संगै मैदान प्रवेश गरेकी पूर्णिमा राजवंशी ३ बलमा खाता नखोली फर्किएपछि टीका शाहले व्यक्तिगत ५१ रन जोड्दा तेश्रो क्रमकी प्रिन्सा राना मगरलेपनि नटआउट ५५ रन जोड्दै उत्कृष्ट साझेदारी गरे ।
अविजित प्रिन्साले ६८ बलमा ९ चौकासहित प्रतियोगिताको पहिलो अर्धशतकीय पारीको रेकर्ड बनाउँदा टीकाले भने ३६ बलमा ११ चौकासहित दोश्रो अर्धशतक पूरा गरिन् ।
उता, प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीमाथि ५४ रनको जीत हात पार्दै धाक जमाएको लुम्बिनी भने दोश्रो खेलमा गण्डकीसंग ५ विकेटको पराजय व्यहोर्नपुग्यो ।
वीरेन्द्रनगर मैदानमा भएको आप्mनो दोश्रो खेलमा टस जितेर गण्डकीविरुद्ध पहिला ब्याटिंग गरेको लुम्बिनीले १८ दशमलव ३ ओभरमा अलआउट हुनुअघि १३ अतिरिक्त रनसहित जम्मा ६३ रनको टोटल बनायो ।
दोश्रो क्रमकी अञ्जी पाठकले १३ अनि नवौं क्रमकी योजना थापाले १२ रन बाहेक अरु कुनै ब्याटरले दोहोरो आँकडा छुन सकेनन् ।
लुम्विनीलाई नियन्त्रणमा राख्ने क्रममा किफायति बलिंग गर्दै गण्डकीका कुशुम गोदार र प्लयेर अफ दि म्याच रचना चौधरीले आठ आठ रन खर्चिएर समान तीन तीन विकेट लिए भने रञ्जना साउँदको नाममा २ विकेट रह्यो।
लुम्बिनीबाट पाएको ६३ रनको झिनो लक्ष्य गण्डकीले १२ ओभर ४ बलमा आप्mना ५ विकेट सुरक्षित राख्दै सहजै पूरा गर्यो ।
पहिलो खेलमा बाग्मतिलाई ७ विकेटले हराउँदै २ अंक जोडीसकेको गण्डकीका लागि अंक तालिकामा दोहोरो अंक दिलाउने क्रममा ज्योत्सिनिका मरासिनी र दीपिका सापकोटाले समान १६ सोर्ह रनको योगदान दिए ।
लुम्विनीका लागि आशना चौधरी र आयुषा भुषालले समान दुई दुई र विमिता मगरले १ विकेट नाममा लेखाए ।
.jpeg)
Post a Comment