सुर्खेत : वीरेन्द्रनगर ५ कि सुस्मिता विकको दैनिकी अटो चलाएर बित्छ उनले अटो चलाएपछि आफु आत्म निर्भर भएको बताएकी छिन । उनी आत्मनिर्भर भए तर आफुहरुलाई समाजले हेर्ने नजरमा भने फरक तथा विभेद भोग्नु परेको बताउछिन । उनले भनिन घरमै बसेर मात्र होइन घर बाहिरपनि काम गर्न सक्छन महिलाहरु भनेर आफुले सक्ने खालको काम गर्छु भनेर अटो चलाउन थालेकी थिइन । घर बाहिर आएर काम गर्न त्यती सजिलो छैन तर आफ्नो जिम्मेवारी बहन गर्नका लागि अटो चलाउदा निकै समस्या भोग्नु परेको उनले सुनाउछिन । उनले भनिन् अटो चलाउन थालेको तिन वर्ष भयो यसका बिच निकै थरीका बिभेद भोग्नुपरेको छ । वीरेन्द्रनगरमा अटो चलाउदा पूरुषले आफुहरुसंग विभिन्न किसिमले विभेद गर्र्नेगर्छन अटोमा बसेको समयमा खाजा खान जाम, पैसाको कतिलिनुहुन्छ, कहिल्यकाही घुम्न जाम भन्ने फोन नम्बर माग्ने,नराम्रो नजरले हेर्ने शरिरमा छुन खोज्ने गर्छिन जसका कारण घरबार नै बिग्रन सक्छकी भनने डरले सताउन थालेको उनले बताइन । उनले भनिन महिलालाई घरबाट निस्किनै समस्या छ । बिहान घरको काम सकेर दिउँसोको समयमा अटारिक्सा चलाउन आउदा आफुप्रती हेरिने नजरमा फरक पाएको बताइन । अटो चलाउदा श्रीमानलाई आर्थिक आम्दानीमा सजिलो भएको छ । अहिल्य घर खर्च र छोराछोरीको पढाइ खर्चमा श्रीमानलाई आर्थिकरुपले सहयोग पनि गरिरहेको उनले बताइन ।
यस्तै वीरेन्द्रनगर ३ की शान्ति बुढाले घरको कामले मात्र नपुग्ने भएकाले बाहिरपनि काम गर्ने सोचले आफु अटो चलाउन थालेको बताइन । शान्ति भन्छिन व्यस्त सडकमा अटोरिक्सा कुदाउनु जोखिम पनि उत्तिकै लाग्छ । अस्तव्यस्त सडक, पालना नहुने ट्राफिक नियमलगायतले थप हैरानी बनाउँछ । ‘आफ्नो, यात्रुकोदेखि पैदलयात्री र जथाभाबी छोडिएका जनावर सम्मको ख्याल गरेर चलाउनुपर्छ,’ उनी भन्छिन्, ‘यसले गर्दा तन, मन सबै यसमै लगाएर हिँड्नुपर्छ ।’ अधिकांश यात्रुबाट हौसला र साथ पाउँदै आएकी छु । कसैकसैले चाहिँ दुव्र्यवहार गर्न खोज्छन् । उनी भन्छिन्, ‘यस्तो हुँदा तत्काल प्रतिक्रियासमेत दिएको छु, सहेर बस्नु हुँदैन भन्नेपनि छ तर कोहील्य चाही डराउन दिन्छन ।’
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सोमबार आयोजना गरेको महिला अटो चालकहरुसंग ट्राफिक प्रहरी कार्यक्रममा सुस्मिता र शान्तिसहितका सुर्खेत महिला अटो चालकहरुले आफ्नो मनकोबह ट्राफिक प्रहरीसंग पखेका छन । उपस्थित महिलाहरुले आफुहरु अटो चलाउदा भोग्दै आएको विभिन्न किसिमको हिंसा र विभेदबारे ट्राफिक प्रहरीसंग यस्तो बताएका हुन । अटो चालक महिलाले वीरेन्द्रनगरमा पार्किङ र रुटपरमिटको समस्या भएको जानकारी गराएका थिए । यसका लागि नगरपालिकासँग समन्वय गर्ने प्रतिबद्धता प्रहरीले गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा ३० जनाभन्दा बढी महिला अटोचालक जम्मा भए । कहिलेकाहीँ काम पर्दा मात्र ट्राफिक कार्यालय पुग्ने गरेका उनीहरूलाई आज भने ट्राफिक प्रहरीले नै यहाँ बोलाएर सम्मान गर्दा खुसी भएको बताएका थिए ।
पहिलोपटक जिल्लाभरका महिला अटोचालकलाई प्रहरीले कार्यालयमा बोलाएर यसरी सम्मान गर्दा अचम्म मानेको उनीहरुले बताएका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी उपरीक्षक (एसपी)मुकुन्दप्रसाद रिजाले महिलालाई हेर्ने दृष्टि तथा सोच आ आफुबाटै बदल्नपर्ने बताए । उनले भने ‘हजुरहरुकोे मनको बह सुन्न हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ’ पेसा व्यवसाय फरक वा जुनसुकै भएपनि व्यवहार एउटै हुनुपर्ने बताए । आफु र आफ्नाका लागि केही गर्न सकिन्छकी भनेर अघि बढेका महिलाई दैनिक जीवनमा आउने समस्या कार्यालयबाट आफुले सक्ने खालको सहयोग तथा वातावरण बनाउनुपर्ने बताए । आफुलाई कसैले हिंसा गर्छ भने त्यसको प्रतिवाद गर्नपर्ने र प्रहरीलाई खबर गर्नुपर्ने सल्लाह दिए । उनले सबै प्रहरीलाई कारबाही मात्र नगरि ट्राफिक नियमको पालना गनुपर्ने बताउदै सवारी अटोरिक्सा चालकहरुलाई खाता उडाएर सम्मान गरेकका थिए ।
‘ट्राफिकलाई देख्ने बितिकै भाग्नुपर्छ, देख्ने बितिकै डराउनुपर्छ भन्ने सोचलाइ बदल्नुहोस’् । हामीसंग आफुलाई लागेका कुरा खुलेर भन्न आग्रह गरेका थिए ।


Post a Comment