सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको एक अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । जिल्ला कारागार सुर्खेतमा भएको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
कारागारबाट ८८ जना कैदिबन्दिले मतदान गरेका प्रदेश निर्वाचन अधिकारी मानबहादुर गुरूङले जानकारी दिए ।
उनका अनुसार सुर्खेतमा अहिलेसम्म ५० हजार ६ सय ६८ मत खसिसकेका छन् ।

Post a Comment