सुर्खेत : सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अग्रता स्थानमा पुगेको छ । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले एमाले, कांग्रेस र नेकपाका उम्मेदवारलाई पछि पार्दै ४ हजार ९८२ मतका साथ अग्रता लिएर अघि पुगेका छन् ।
जारी मतगणना अनुसार नेकपा एमालेका कुलमणि देवकोटाले ३ हजार ६५७, नेपाली कांग्रेसका नारायण कोइरालाले ३ हजार ८२८,नेकपाका झकबहादुर मल्लले १ हजार ७३६ मत प्राप्त गरेका छन् ।

Post a Comment