सुर्खेत : गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१,मा बस्दै आएकि १६ वर्षीया इनिशा विकको रहस्यमय मृत्यु भएको थियो । त्यस दिन टियुसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पु¥याएको थियो । लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान थालेका थियो । पक्राउ परेका ति किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण बेहोस भएको बयान दिएका छन् ।
इनिशाको शव पोष्टमार्फटम रिपोर्टमा पनि मृत्युको कारण यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको रक्तश्राव देखाइएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै अन्य तीन जनालाई समेत पक्राउ गरी प्रहरीले अनुन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए ।
प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको जनाएको छ । ’प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ,’ उनले भने, ’अब मुद्दा सरकारी वकिल कार्यालयले हेर्ने छ ।’
घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको पनि उनले बताए । बाँकी रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने डीएसपी बुढ्थापाले जानकारी दिए ।
’प्रहरीले आफ्नो तर्फबाट अनुसन्धानको कार्य सम्पन्न गरिसकेकोले अबको कानुनी प्रक्रिया अदालत र सरकारी वकिलको कार्यालयमार्फत अघि बढ्नेछ,’ उनले भने । इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान पूरा गरेको छ’,
प्रहरीका अनुसार यौन सम्पर्कपछि भएको रक्तश्रावका कारण मृत्यु हुन गएको देखिएको छ ।’
उनका अनुसार मुख्य अभियुक्त अनमोल गौलीलाई जबर्जस्ती करणी र कर्तत्व ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको माग गरिएको छ । पक्राउ परेका अन्य तीन जनाविरुद्ध घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेको अभियोगमा कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाइएको बताएएको छ ।
इनिशाका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेत खटिएको थियो ।
प्रहरीले इनिशाको मृत्युको कारण पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको थियो । पीडित परिवारले घटनामा संलग्नमाथि कारबाही नहुञ्जेल शव नबुझ्ने अडान लिएका छन् । १९ दिनयता इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै राखिएको छ ।

Post a Comment