सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत भेरी नदीमा मृत भेटिएपछि श्रीमान भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ ।
छोराछोरीसहित गएको आइतबार भेरीमा हामफालेकी मायाका बुवा र दाजुले उनका श्रीमान्विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका छन् । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीका अनुसार जाहेरी परेलगत्तै भूपेन्द्रलाई पक्राउ गरेर अनुसन्धान थालेको बताए ।
श्रीमान्को चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हामफालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ । गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया मायाले आइतबार बेलुकी साढे चार बजेतिर ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित भेरी नदीमा हामफालेको शंका गरिएको छ । सोमबार माया र मंगलबार छोरी आशाको शव फेला परेको थियो । पाँच वर्षका छोरा दिपकको शव अझै फेला परेको छैन ।
मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नातिनातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा छोरीले हाल फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन् ।

Post a Comment