लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । गएराति वीरेन्द्रनगर नगरपालिका–८, मा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले हवाई फायर गरेर घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका–४, ठेगाना भएका ४७ वर्षीय ललित चन्द छन् ।

‘शंकास्पद अवस्थामा फेला परेका चन्दलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात तथा आक्रमण गरी ठूलो मात्राको लागुऔषध ब्राउनसुगरसहित भाग्न खोजेपछि बल प्रयोग स्वरुप एक राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता बुढथापाले भने ।

उनको साथबाट ३७ ग्राम सात सय ३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ

Post a Comment

Previous Post Next Post