नवनियुक्त आईजीपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाण्डौँ : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले आज दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा  गृहसचिव रामेश्वर दंगालले उनलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

प्रहरी नियमावलीअनुसार ३० बर्से सेवा अवधि पूरा भएपछि आईजीपी चन्द्रकुवेर खापुङ बुधबार अवकाशमा गएपछि नेपाल प्रहरीको कमाण्ड कार्कीको जिम्मामा आएको हो।

‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका‘’ भनेर बोल्दै गर्दा कार्की भावुक बनेका थिए । उनका गला अवरुद्ध भए र आँसु पुछ्दै सम्बोधन जारी राखेका थिए। कार्कीले आफूले पाएको जिम्मेवारी पारदर्शी रूपमा पूरा गर्दै नागरिकलाई सेवा र सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए।

आईजीपी खापुङ अवकाशमा जानुअघि मंगलबार मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदमा नियुक्त गरेको थियो।  यसअघि कार्कीले उपत्यका, लुम्बिनी र काठमाण्डौँ प्रहरी कमाण्डसहित प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।

Post a Comment

Previous Post Next Post