दैलेख दुल्लु — नेकपा एमाले दुल्लु नगर समितिले भोलि एमाले महासचिव शंकर पोखरेलको आगमनलाई दृष्टिगत गर्दै आज नगर सरसफाइ अभियान सञ्चालन गरेको छ। नगरका चोक, सडक र बजार क्षेत्र सफाइ गरिएको यो अभियानलाई स्थानीय नेतृत्वले पूर्वतयारीको महत्वपूर्ण भागका रूपमा प्रस्तुत गरेका छन्।
सरसफाइमा पोलिटब्यूरो सदस्य लक्ष्मी पोखरेल, नेता राजा बहादुर बुढा, दुल्लु नगरपालिकाकी उपप्रमुख बिना कार्की, नगर समितिका अध्यक्ष, सचिव तथा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।
तर केही स्थानीय बासिन्दाले भने कार्यक्रमलाई “नेता आउने भएकोले देखाउनकै लागि गरिएको नाटकजस्तै सरसफाइ” भन्दै आलोचना गरेका छन्। यद्यपि उनीहरूले “नाटक भए पनि सडकबाट फोहोर हट्यो, कामचाहिँ सकारात्मक भयो” भन्दै मिश्रित प्रतिक्रिया दिएका छन्।
नेताहरूले दुल्लु नगरलाई सफा, स्वस्थ र व्यवस्थित बनाउने दीर्घकालीन अभियानका रूपमा सरसफाइलाई अघि बढाइने बताउँदै यसको निरन्तरताका लागि प्रतिबद्धता जनाएका छन्।
यसैबीच, भोलि हुने महासचिव शंकर पोखरेलको कार्यक्रमका लागि स्वागत तोरण, सुरक्षादेखि स्थल व्यवस्थापनसम्मका तयारी अन्तिम चरणमा पुगेका छन्। बासिन्दाले भने कार्यक्रमलाई “नेता आउने भएकोले देखाउनकै लागि गरिएको नाटकजस्तै सरसफाइ” भन्दै आलोचना गरेका छन्। यद्यपि उनीहरूले “नाटक भए पनि सडकबाट फोहोर हट्यो, कामचाहिँ सकारात्मक भयो” भन्दै मिश्रित प्रतिक्रिया दिएका छन्।
5


Post a Comment