काठमाण्डौ : साताको दोस्रो दिन आज सोमबार सुनको भाउ दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ६ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।
Post a Comment