बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४० वर्षीय पुरुष पक्राउ

सुर्खेत : सुर्खेत प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका(६ बस्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिक-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा रहेका छन्। उनलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

बोहोराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


 

Post a Comment

Previous Post Next Post