वर्षापछि आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

काठमाण्डौ : वर्षापछि आएको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । सात जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रवार र शनिवारको बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना  र काठमाण्डौमा एक जना बेपत्ता भएका छन् ।


Post a Comment

Previous Post Next Post