पहिरोमा पुरिएर १८ जनाको मृत्यु

काठमाण्डौ :  इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण जनधनको क्षति भएको हो । 

माङसेबुङ गाउँपालिकामा अरु दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लैजाने तयारी भए पनि खराब मौसम र पानी परिरहेकोले हेलिकप्टर जान समस्या भएकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र त्यही नगरपालिकाको धुसुनेमा २ जना तथा फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतको कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

Post a Comment

Previous Post Next Post