सुनको भाउ तोलामा दुई लाख ३९ हजारले बढ्यो

काठमाण्डौ : सुनको भाउले फेरि नँया कीर्तिमान बनाएको छ । आज विहिबार सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

Post a Comment

Previous Post Next Post