दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने

काठमाण्डौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको बडादसैँ अवधिभर पनि देशभर मनसुनी वायुको प्रभाव रहिरहने जनाएको छ। महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार असोज १४ गते रातिदेखि असोज १९ गते (त्रयोदशी) सम्म नेपालका विभिन्न प्रदेशमा हल्का देखि मध्यम वर्षा, कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा समेत हुने सम्भावना रहेको छ।

हाल देशमा मनसुनी वायु र स्थानीय वायूको प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यसैबीच बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भागमा प्रवेश गरी मध्य भारततर्फ सर्ने क्रममा छ। उक्त प्रणालीको प्रभावले असोज १७ गते (एकादशी)देखि नेपालमा मनसुनी गतिविधि अझ सक्रिय हुने देखिएको छ।

असोज १५ (बुधबार)

दिउँसो सबै प्रदेशमा सामान्यतया बदली हुनेछ, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा,हुनेछ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा, राति कोशी, बागमती, गण्डकी, मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षाकोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।

असोज १६ (बिहीबार)

दिउँसो सबै प्रदेशमा सामान्यतया बदली हुनेछ,कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १७ (एकादशी)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १८ (द्वादशी)

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ (त्रयोदशी)

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा, र एक–दुई स्थानमा अति भारी वर्षा समेत हुने सम्भावना  रहेको छ ।

Post a Comment

Previous Post Next Post