काठमाण्डौ : आज अक्टोबर १ तारिख, ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेसंगै अक्टोबर १ तारिखमा यो दिवस मनाउँदै आएको हो ।
दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने बताएको छ । उहाँले ज्येष्ठ नागरिक दिवस उनीहरूप्रतिको सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकको जीवनको लामो यात्राका क्रममा अँगालेका अनुभव र गरेका त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देश गर्ने विश्वास व्यक्त गरेका छन । नेपाल सरकारले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र मासिक भत्ताका रुपमा चार हजार प्रदान गर्ने व्यवस्था गरेको छ ।
नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्ने भनेको छ । उनीहरूलाई न्यूनतम आधारभुत आवश्यकता पुरा गर्नका लागि सहयोग होस् भनेर मासिक चार हजार भत्ता समेत दिने गरिएको हो । भत्ता दिएपनि परिवारका सदस्य एवम् राज्यका तर्फबाट पनि ज्येष्ठ नागरिकका भावना अनुसार काम हुन नसकेको गुनासो आउने गरेको छ ।
Post a Comment