सुर्खेत–जुम्ला सडक एकतर्फी सञ्चालन

सुर्खेत : सुर्खेत जुम्ला सडक एक तर्फि संचालनमा आएको छ । कालिकोटको खाडाँचक्र नगरपालिन नजिक सडक पहिरोले भासिएपछि जुम्ला सुर्खेत सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको थियो । गएराती सडक भासिएपछि सडक पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । एक तर्फि सडक संचालनमा आएपछि साना गाडीहरु गन्तव्य तर्फ हिडेका छन भने ठुला सवारी साधान संचालन हुन नसहेको प्रहरीले जनाएको छ ।

 कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला नजिकै सडक भासिँदा अवरुद्ध भएको सडक दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । सडक सञ्चालनमा आएपछि साना गाडीहरू गन्तव्यतर्फ लागेका छन् । बस, ट्रक र अन्य ठूला गाडीहरू भने चल्न सकेका छैनन् ।

अहिले मर्मतको काम भइरहेकाले भोलिसम्म सडक पूर्णरूपमा सञ्चालनमा आउन सक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।  

Post a Comment

Previous Post Next Post
Rising Karnali
Rising Karnali