सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका–१० मा वस्दै आएका राउटे समुदायका जेष्ठ सदस्य नन्दाराम शाहीको मृत्यु भएको छ । विहीबार राउटे समुदायका जेष्ठ सदस्य नन्दाराम शाहीको हृदयघातका कारण मृत्यु भएको हो ।
सुर्खेतको लेकवेशी नगरपालिका–१० झुप्राखोलाको जंगलमा बसोबास गरिरहेका ७५ वर्षिय शाहीको हृदयघातका कारण निधन भएको राउटे परियोजनाका जोडी शिक्षकका रूपमा काम गर्दै आएका लालबहादुर खत्रीले जानकारी दिए । नन्दरामको मृत्यु भएसँगै अव राउटे समुदायको जनसंख्या एक सय ३५ मा झरेको छ ।
Post a Comment