सुर्खेत : कर्णाली प्रदेश सरकारले अघिल्ला वर्षहरूको निरन्तरतामा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो ।
यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रतिको सम्मानलाई थप विस्तारित गरेको छ ।
७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार प्रेमराज सिमखडाले प्राप्त गरे भने ५० हजार राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तले हात पारेका छन् । यस्तै, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी र ओम शाहीलाई प्रदान गरिएको छ ।
त्यसैगरी, कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन् । यस पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा प्रदेश सरकारले हरेक वर्षजस्तै यसपटक पनि पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिएको जनाएको छ ।
Post a Comment